Follow @khasokhasmag

३६ लाख रुपैयाँ घुससहित श्रीमान–श्रीमती पक्राउ


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

तेजेन्द्र केसी

भवन तथा सहरी विकास कार्यालय रुपन्देही प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई  भैरहवाबाट आज दिउँसो पक्राउ गरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा प्रमुख दिनेश आचार्यले बताए ।

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो । बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ । कुन सडकको रकम भने आचार्यले स्पष्ट खुलाएन् । प्रमुख आचार्यले भने, ‘घुसको रमक लिएर श्रीमती घर जाँदै गरेको सूचनाको आधारमा श्रीमान–श्रीमतीलाई प्रकाउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान हुँदैछ ।’

अख्तियार बुटवलको समन्वयमा श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटैबाट पक्राउ परेकी हुन् ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन् । अख्तियार बुटवलको टोलीले आजै बिहान गुल्मीको तम्घासबाट सब इन्जिनियर प्रकाश झालाई पनि प्रकाउ गरेको छ ।

अख्तियारको बुटवलस्थित कार्यालयले टोली  सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुससहित तम्घासबाट प्रकाउ गरिएको प्रमुख आचार्यले बताए ।

प्रकाउ परेका सबै तीनै जना अख्तियारको नियन्त्रणमा रहेका छन् ।

Ratopati

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com