कक्षामा कुट्दा साथीको मृत्यु भएपछि कुट्ने छात्रले पनि गरे आत्महत्या


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

कक्षामै साथीसँग झगडा परेपछि साथीलाई डब्लुडब्लुइ रेस्लिङको स्टाइलमा कुट्दा साथीको ज्यान गएपछि कुट्ने छात्रले पनि आत्महत्या गरेका छन् । कक्षाको सिसिटिभी क्यामेराले खिचेको लडाइँको भिडियो अहिले भाइरल भइरहेको छ । सामान्य विवादमा झगडा हुँदा दुई छात्रको ज्यान गएको बताइएको छ ।

रेस्लिङ स्टाइलमा फाइटको यो भिडियो तमिलनाडुको हो ।यहाँको कैथुर जिलल्लाको फतिमा मेट्रिक स्कुलमा यो झगडा भएको बताइएको छ । यहाँ १० कक्षामा पढ्ने २ छात्रको झगडा भएको थियो । झगडाकै क्रममा एक छात्रले अर्का छात्रलाई उचालेर भुइँमा पछारे । पछारिने छात्र त्यसपछि उठ्न सकेनन् ।

डाक्टरका अनुसार पछारिने छात्रको कार्डिएक अरेस्टका कारण मृत्यु भएको थियो । यो घटनामा पछार्ने छात्र घटनास्थलबाट फरार भएका थिए । उनले पनि साथीको मृत्यु आफ्नो हातबाट भएको पश्चात्तापमा इनारमा हाम्फालेर आत्महत्या गरेका छन् । उनको शव इनारबाट प्रहरीले बरामद गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com