कांग्रेस अरु एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको छ – प्रधानमन्त्री ओली


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अरु एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको आरोप लगाएका छन् ।

अन्टुफ र जिफन्ट एकता संयोजन समितिले राजधानीमा शनिबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओली,ले भने, ‘सपनामा देखे कि, विपनामा देखे, खोइ, कता आयो अधिनायकवाद ? अरु एजेण्डा केही छैन। अधिनायकवाद आयो भनेर हुन्छ र?’

अनुभवी कम्युनिष्ट नेताले पार्टी र सरकार हाकेको प्रधानमन्त्री ओलीले कुनै एजेन्डा नभएपछि कांग्रेस तिल्मिलाएको बताए । मजदूर वर्गीय आन्दोलनलाई कांग्रेसले अधिनायकवाद नाम दिएको उनले बताए । मजदूरको जीवनमा पहिलेभन्दा धेरै सुधार आएको प्रधानमन्त्रीले दाबी गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com