त्रिपाल मिलाउने क्रममा विजुलीको तारमा छोईन पुग्दा करेन्ट लागेर मृत्यु


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

पश्चिम नवलपरासीमा विहिबार राती करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदैगरेको लु १ क ९०६ नम्बरको ट्रक बर्दघाट २ चिसापानी को ढेडारीफांट मा रोकेर त्रिपाल मिलाउने क्रममा विजुलीको तारमा छोईन पुग्दा करेन्ट लागेर ट्रकका सहचालक नवलपरासीकै रामग्राम नगरपालिका ९ बस्ने बर्ष १८ का मुकेश चौधरी घाईते भएका थिए । चौधरीलाई उपचारका लागि संजिवनी हेल्थ होममा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com