परिवारको सपना पुरा गर्न मलेसिया उडेका सुवास अब बाकसमा आउँदैछन्, मलेसियामा यसरी भयो उनको दर्दनाक अन्त्य


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

मलेसियामा कार्यरत एक जना नेपालीको ज्यान गएको छ ।  काम गर्ने क्रमम मेसिनमा च्यपिएर खोटाङका सुवास आचार्यको ज्यान गएको हो । उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थायी वासीन्दा हुन् ।

आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको गुल्मी घर भई हाल मलेसियामा सँगै कार्यरत राजु पछाईले जानकारी दिए । उनी मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा कार्यरत थिए । मृतकको शव ल्याउनका लागि पहल भइरहेको सूचना केन्द्रले जनाएको छ ।

२०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि उनले नेपाल छोडेका हुन् । पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना (सामी) को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले पनि पृष्टि गरेकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com