आज राती शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

शुक्रबार राति १२ बजेर ९ मिनेटबाट खग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाली समय हनुसार शुक्रबार राती १२ बजेर ९ मिनटबाट खग्रास चन्द्रग्रहण शुरु हुने र ४ बजेर ६ मिनेटमा समाप्त हुने नेपाल पञ्चाङ समितिले जनाएको छ । शुक्रबार राती लाग्ने चन्द्रग्रहण शताब्दीकै लामो चन्द्रग्रहण भएको अमेरिकी अन्तरिक्ष संस्था नासाको भनाई छ ।

सूर्यको किरण चन्द्रमामा नपुग्ने र प्रकाश परावर्तन हुन नपाउने हुन्छ । ग्रहणका समय हानिकारक किटाणुहरुको संख्यामा वृद्धि हुने भएकाले यस समयमा खानपान गर्न नहुने वैज्ञानिक तथ्यहरु छन् ।

ज्योतिषशास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ त्यसैले ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । गर्भवती महिलाले आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने शास्त्रीय मान्यता रहेको छ ।

वैज्ञानिक अनुसन्धान अनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा किटाणुहरुको संख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com