बेइजिङमा अमेरिकाको दूतावासबाहिर विस्फोट


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

चीनको राजधानी बेइजिङस्थित संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ।

अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए।

विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो देखिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतिविधि
चिनियाँ समय अनुसार दिउँसो डेढ बजेतिर स्थानीयबासिन्दाले ‘चट्याङ परेको जस्तो आवाज’ सुनेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

बीबीसीका एकजना संवाददाताका अनुसार घटनापछि अरू सामान्य दिन जस्तै दूतावासको गतिविधि देखिएको छ र मानिसहरू भिसा लिन दूतावासबाहिर लाइनमा बसेको देखिन्छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार त्यो घटनासँग असम्बन्धित एउटा घटनामा अमेरिकी दूतावासबाहिर एक महिलाले आफ्नो शरीरमाथि पेट्रोल छर्केर आगो लगाएकी छन्।

प्रहरीले उनलाई पक्राउ गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com