मोरङमा जंङगलमा रोइरहे अवस्थामा भेटियो नवजात शिशु !


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

मोरङको बेलबारी नगरपालिका वडा नं. ४ स्थित देविथान सामुदायिक वनको झाडीमा एक शिशुको सोमबार बिहान फेला परेको छ । दाउरा लिन जंगल गएका स्थानीय ६८ वर्षिया सुकमाया राईले शिशुलाई फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शिशु झाडीमा रुएको आवज आएपछि ति महिलाले भेट्टाएका हुन् । राईले उनी सँगै जङगल गएका स्थानीयलाई बोलाएर शिशुलाई घरमा ल्याएका थिए । शिशु अनुमानित ४ दिनको रहेको बुझिएको छ ।

दाउरामा जाने टोलीले शिशुलाई जङगलको झाडीमा भेट्दा कमिलाले टोकिरहेको अवस्थामा फेला परेको बताए । कमिलाले घाउ बनाएको, मैलो अवस्थामा रहेको शिशुलाई गाउलेहरुले नुहाई दिएर, दूध खुवाएर सुकमाया राईको घरमा लगेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

अहिले शिशुलाई विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणको लागि लगिएको ईलका प्रहरी कार्यालयका प्रमुख राम कुमार राईले बताएका छन् । शिशुको स्वास्थ्यमा केहि खराब भएको प्रमुख राईले बताएका छन् ।

घट्नस्थलमा बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख राम कुमार राई टोलीसहित पुगेका थिए । शिशु छोरी रहेको र आमाले लगाएको लुगामा बेरेर शिशुलाई झाडीमा फ्याँकेको प्रमुख राईले जानकारी दिए । शिशुको आमा को हो भन्ने थाहा नभएको र घट्नबारे अनुसन्धान जारी रहेको राईले बताए । ‘स्थानीयले समयमै भेटेर शिशुको जान सक्ने थिए’, उनले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com