भोलि लाग्दैछ शताव्दीकै लामो ग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन ?


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

२१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण भोली (शुक्रबार) लाग्ने भएको छ ।

यो चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना हो । शुक्रबार लाग्ने चन्द्रग्रहण  मुख्य क्षण १ घन्टा ४३ मिनेटको हुने छ । तर ग्रहण भने ६ घन्टा १५ मिनेट सम्म रहेने छ ।  पूर्ण चन्द्रग्रहणको स्थिति १०३ मिनेट रहने खगोलशास्त्रीहरुले जनाएका छन् ।

शुक्रबार राति (शनिवार) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ । राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ।

नेपालसहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देख्नसकिने खगोलशास्त्रीहरुले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रहणको समयमा र त्यस भन्दा अघि केही काम गर्न धर्मशास्त्रले बन्देज लगाएको छ । जुन काम गर्दा जीवनमा हानी हुने मान्यता रहेको छ ।

के गर्न हुँदैन ?

चन्द्रग्रहण बेलामा खानपिन, मलमूत्र त्याग र कामक्रीडा गर्न नहुने मान्यता छ । तर त्यसभन्दा नौ घन्टाअघिदेखि नै यी कर्म गर्नुहुँदैन ।

ग्रहणभन्दा अघिको नौ घन्टालाई सूतक भनिन्छ भने ग्रहण अवधिलाई पर्व भनिन्छ ।

सूतककालमा बच्चा, बूढा, गर्भवती स्त्री र आतूरलाई चाहिँ भोजन गर्न प्रतिबन्ध लगाइएको छैन ।

ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन । घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन ।

सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ । पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।

ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ।

स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com