केन्द्र नछाड्ने कर्मचारीको तलब गाउँमै पठाइने
प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/officer.jpg?fit=800%2C597&ssl=1)
काठमाडौं – सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो ।