काम, शैक्षिकसंस्थाका आधारमा विद्यार्थीहरुको लागि उपयुक्त अष्ट्रेलियाका सात सहर


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरुको हब हो । त्यसमा पनि जीवनशैली, काम, शैक्षिक संस्था आदिको आधारमा विद्यार्थीहरुको लागि अष्ट्रेलियाका सात सहरहरु उपयुक्त मानिन्छन् । यी हुन् ती सात सहरहरु

१. मेलबर्न

मेलबर्नमा ७ उत्कृष्ट विश्वविद्यालय छन् । विद्यार्थीहरुको लागि काम पाउन मेलबर्नमा तुलनात्मक रुपमा सजिलो छ । यहाँको जीवनशैली, सामुद्रिक सौन्दर्य, विविध सांस्कृतिक समुदाय आदिले सबैको मन लोभ्याउँछ ।

२.सिड्नी

सिड्नी अष्ट्रेलियाको ठूलो र आर्थिक रुपमा सम्पन्न सहर हो । यहाँ राम्रा शैक्षिक संस्थाहरु छन् । विश्वका ५० उत्कृष्ट विश्वविद्यालयमध्ये २ वटा विश्वविद्यालय सिड्नीमा रहेका छन् । यहाँ रोजगारीको पनि राम्रो अवसर छ ।

३. क्यानबेरा

क्यानबेरा अष्ट्रेलियाको राजधानी हो । यहाँ विदेशी विद्यार्थीहरुको संख्या धेरै छ र यो अझ बढ्ने क्रममा छ । त्यसैले गर्दा यहाँ विभिन्न देशको ज्ञान, कला र संस्कृति भेट्ने अवसर मिल्छ । क्यानबेरामा अष्ट्रेलियाको उत्कृष्ट युनिभर्सिटी ’ अष्ट्रेलियन नेशनल युनिभर्सिटी ’ रहेको छ । यो सहर प्राकृतिक र मानव निर्मित सौन्दर्यको धनी छ ।

४.ब्रिसबेन

यो सहरमा विद्यार्थीहरुको संख्या अधिक छ । ब्रिस्बेनमा अष्ट्रेलियाका राम्रा युनिभर्सिटीमा गनिएका ३ युनिभर्सिटी छन् । यो सहर विद्यार्थीहरुको लागि मात्र नभएर पर्यटकहरुको लागि पनि आकर्षित गन्तव्य हो । सहरी र ग्रामिण मिश्रित जीवनशैली यहाँ पाउन सकिन्छ।

५.एडेलेड

यो सहर साउथ कोस्टमा पर्छ । यो ठाउँ खुल्ला मैदान र पार्कको धनी छ । यो सहरदेखि पहाड, आइल्याण्डहरु नजिक छन् । अष्ट्रेलियामा राम्रा युनिभर्सिटीमा गनिएका ३ युनिभर्सिटी, युनिभर्सिटी अफ एडिलेड, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, फ्लिन्देर्स युनिभर्सिटी यही रहेका छन् । विविध सामुदायिक र सांस्कृतिक पक्ष झल्काउने विदेशी विद्यार्थी बस्ने सहरको आधारमा एडिलेड उत्कृष्ट सहर मानिन्छ ।

६.पर्थ

पर्थ वेस्ट कोस्टमा पर्छ । पर्थ विदेशी विध्यार्थीहरुको रोजाइको आधारमा राम्रो सहर मानिन्छ । ३ राम्रा युनिभर्सिटीहरु यस सहरमा रहेका छन् । विश्वका उत्कृष्ट विश्वविद्यालय मध्यमा पर्ने ’युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया’ यहि सहरमा छ । यहाँको जीवनशैली विद्यार्थीहरुलाई आकर्षित गर्ने खालको छ ।

७.गोल्ड कोस्ट

गोल्ड कोस्ट क्वीन्सल्याण्डमा पर्छ । यहाँ वर्षको ३०० दिन गर्मी हुन्छ । यो सहर विद्यार्थीहरुको रोजाईमा पर्ने सहर हो । यहाँ राम्रा शैक्षिक संस्थाहरु रहेका छन् । यो सहर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यहाँ आकर्षक ग्रामिण जीवनशैली पाउन सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com