मेट्रो रेलको डिपिआरका लागि कम्पनी छनौट गर्ने अन्तिम तयारी
प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/metro-train.jpg?fit=740%2C411&ssl=1)
लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए ।
‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ ।