दुर्घटनामा परी दुई प्रहरीको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

पोखरा लेखनाथ महानगरपलीका २६ विजयपुरमा पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ५७५८ नं.को बसले विपरित दिशाबाट आउदै गरेको ग ११ प ३६४५ नं. को निलो पल्सर मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार वाडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत दुवै जना प्रहरी कर्मचारीहरु घाइते भई उपचारको लागी प.क्षे.अस्पताल पोखरा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही छिवागढ नगरपालिका ५ का २५ वर्षिय प्रदिप कुमार यादव र स्याङजा फेदीखोला गाउपालिका २ का २६ वर्षिय शुसिल बानिया रहेका छन् ।मृतक दुवै प्रहरी कर्मचारीहरुलाई सोही अस्पतालकै प्राङगणमा एक श्रदाञ्जलि कार्यक्रमको आयोजना गरी ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम लगयात कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले मृतक प्रहरी कर्मचारीहरुको आत्मको शान्तीका लागि श्रदाञ्जलि अर्पण गर्नुभएको छ ।

नेपाल प्रहरीले कर्मठ, ईमान्दार, राष्ट्रप्रेमी असल योद्दा गुमाउदा समग्र संगठन नै स्तब्ध भएको र संगठनलाई अतुलनिय क्षति समेत भएको छ ।बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवा कास्किले नियन्त्रणमा लिई कारवाही तथा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com