लुम्बिनी छोटी भन्सारमा राजश्व असुलीमा वृद्धि


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका – १३ कालीदह नाकास्थित लुम्बिनी छोटी भन्सार कार्यालयद्धारा राजश्व असुलीमा वृद्धि भएको छ ।

सो कार्यालयले सार्वजनिक गरेको तथ्याकंअनुसार आर्थिक बर्ष ०७३/०७४ मा ६७ लाख ३४ हजार नौ सय ४० रुपैयाँ राजश्व संकलन गरेकोमा यस आर्थिक बर्षमा ८२ लाख ५६ लाख चारसय ७० रुपैयाँ उठाउन सफल भएपछि करिब १५ लाख राजश्व बढेको हो ।

गतबर्ष भन्दा यस बर्ष कालीदह नाकामार्फत भारतीय नम्बर प्लेटको चारपांग्रे सवारी साधन भन्सार गराई नेपाल प्रवेश गर्दा राजश्व बढेको कार्यालय प्रमुख मधुकुमार पौडेलको भनाई छ ।

यसैगरी सशस्त्र प्रहरी बल बयरघाट बि.ओ.पी. कालीदहले पनि पटकपटक गरि एक लाख ६८ हजार पाँचसय ५० रुपैयाँ मुल्य बराबरको अवैध सरसामान मूलभन्सार बेलहिया चलान गरेको जानकारी गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खुल्ला सीमा नाकाका कारण राजश्व छली गरि अजमा, ओडबलियालगायत विभिन्न चोरबाटोबाट छलि गरि चोरी तस्करीका चौपायापशुु, दाल, चामल, चिनी, कास्टमेटिक किराना सामग्री तथा कपडालत्ता फेला पारी मूल भन्सार पठाएको सशस्त्र प्रहरी निरीक्षक शालिकराम अधिकारीले बताए ।

यद्यपि द्वन्द्वकालदेखि शिबलवा, दोहनी, ताडानगर, दुर्गवलिया, मझरिया, र कदमहवा छोटी भन्सार कार्यालयहरु अझैं सुचारु हुन नसक्दा नेपाल पक्षले दिनहुँ भारी मात्रामा घाटा व्यहोर्नु परिरहेको सो क्षेत्रका आर्थिक मामला सम्बन्धी जानकारहरुको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com