निजी मेडिकल कलेज धेरै हुनेमा नेपाल एसियामै अगाडि


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

काठमाडौं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन्।

चीन र उत्तर कोरियाबाहेक श्रीलंका, सिंगापुर, म्यानमार, कुवेत, इजरायल, उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र तुर्केमिस्तानमा शतप्रतिशत मेडिकल कलेज सरकारी रहेका छन्।

नेपालमा भने सञ्चालनमा रहेका २१ मध्ये तीन मात्र मेडिकल कलेज सरकारी लगानीका रहेकाे नयाँ पत्रिकाले लेखेकाे छ । यस अाधारमा नेपालका ८६ प्रतिशत मेडिकल कलेज निजीस्तरमा सञ्चालित छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com