दुई र दुई जोड्दा यसरी भयो पाँच ! (भिडियो)


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

एकजना शिक्षकले ६ बर्षको विद्यार्थीलाई सोधे – ‘यदि तिमीलाई मैले २ वटा आँप र अरु थप २ वटा आँप दिएँ भने कतिवटा आँप हुन्छ ?’ विद्यार्थीले जवाफ दिए -‘पाँचवटा ।’

शिक्षकले बारम्बार यो प्रश्न सोध्दा पनि विद्यार्थीको जवाफ पाँच नै थियो । शिक्षकले प्रश्न बदले – ‘यदि तिमीलाई मैले २ वटा स्ट्रबेरी र अरु थप २ वटा स्ट्रबेरी दिएँ भने तिमीसँग कतिवटा स्ट्रबेरी हुन्छ ?’ विद्यार्थीले जवाफ दिए – ‘चारवटा ।’

त्यसपछि पुन शिक्षकले सोधे -‘यदि तिमीलाई मैले २ वटा आँप र अरु थप २ वटा आँप दिएँ भने कतिवटा आँप हुन्छ ?’ विद्यार्थीले जवाफ दिए – ‘पाँचवटा ।’ शिक्षक रिसाउँदै भने -‘दुईवटा र थप दुईवटा स्ट्रबेरी दिंदा चार हुने आँप दिंदा पाँच कसरी ?’

विद्यार्थीले जवाफ दिए – ‘किनभने मसँग एउटा आँप झोलमा बाँकी छ ।’

यसमा शिक्षक गलत थिए कि विद्यार्थी ? दुबैजना गलत थिएनन् । शिक्षक प्राविधिक रुपमा सही थिए । विद्यार्थी व्यवहारिक रुपमा सही थिए । व्यवहारिक सत्यता र प्राविधिक सत्यतामा के फरक छ ? हेरौं भिडियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com