कलाकारसँग प्रधानमन्त्री : दिपकराज गिरी भन्छन्, ‘डा. केसीको विषयमा सल्लाह गरे राम्रो’


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुसँग भेटवार्ता गर्नुभएको छ ।

आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले पुराना पुस्ताका कलाकारहरुसँग भेट गर्नुभएको हो । भेटमा चर्चित कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, निखील उप्रेती, सन्चिता लुईंटेल, झरना थापा, जी टिभी नेटवर्कका संस्थापक एमपी सुभाश चन्द्र, डा. अमर सिंह, एक्स एम.पी, नायिका जयाप्रदा लगायतको उपस्थिति थियो ।

यसैबीच हाँस्यव्यंग्य कलाकार दिपकराज गिरीले भने आफूहरुसँग भन्दा डा. गोविन्द केसीसँग सल्लाह गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । उहाँले आइतबार फेसबुकमा स्टाटस राखेर यस्तो सल्लाह दिनुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com