पीडित मुश्लिम महिलालाई प्रहरीद्वारा उद्धार


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

महिला हिन्सा अन्तका लागि राज्यले बहुविवाहप्रथा माथि कडा कानून ल्याई रहेको बेला रुपन्देहीमा तीन तलाकबाट पीडित एक मुश्लिम महिलालाई प्रहरीले उद्धार गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.५ मोहसड निवासी २७ बर्षीय जाबेद मुसलमानले आफनो श्रीमती २६ बर्षीया सबिनाखातुनलाई तीन तलाक दिई कपिलबस्तुको एक गाँउमा पुर्नविवाह ( निकाह ) गर्न लाग्दा प्रहरीले फिल्मीशैलीबाट घेरा हाली बहुविवाह हुनबाट रोकेर तीनतलाक पीडित मुश्लिम महिला लाई उद्धार गरेको हो ।

पाँचबर्षीय सन्तान समेत रहेको पीडित महिलाले दिएको उजूरीको आधारमा आफूले बहुविवाह गर्नबाट रोकेर ती दम्पतीलाई पुर्नःमिलन समेत गराई घर पठाएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकरपोखरेलले जानकारी गराए ।

प्रहरीको गाडी देखेर तयारी अवस्थामा रहेको जन्तीहरु खाना छाडेर भागाभाग मच्चिए पछि स्थानीयको सहयोगमा बेहुला मुसलमानलाई समात्न सफलता पश्चात उनले पहिलाकै श्रीमतीलाई भित्रयाउने शर्तमा राजीखुशी भई दुबै जना घरमा शान्त पूर्बक बस्न थालेको प्रहरी निरीक्षक पोखरेलको भनाई छ ।

मुश्लिम बाहुल्य लुम्बिनी क्षेत्रमा प्रहरीले चालेको स्वागत योग्य कदमलाई तीन तलाक पीडित अधिकाँश मुश्लिम महिला माझ खुशहाली समेत छाएको कुरा लुसाँनपा ५ का वडा अध्यक्ष खुर्सेद अहमद मुसलमानले जानकारी गराए ।

उनले लुम्बिनी साँस्कृतिक नगरपालिका जस्तो ठाँउमा सामान्य झै झगडा मिलाउन नगरप्रहरीको आवश्यकता रहेको सुझाव समेत दिएका छन ।

तर ईस्लामधर्म मुताबिक समझाई बुझाई पश्चात पनि श्रीमान श्रीमती एकआपसमा नमिल्दा तीन महिनामा तीन पटक तलाक शब्द भने पछि मात्र तलाक नामा हुने प्रावधान बिपरीत कतिपय रीस आवेगमा तुरन्त तीनतलाक दिई ईस्लामधर्मको उपहास गर्न थालेको हुदा झै प्रहरीले तीनतलाक पीडित महिलाहरुलाई उद्धार गर्नुपर्ने ईस्लामधर्म गुरु मौलाना अब्दुलसलामले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com