पाइपलाइनबाटै पुग्याे घरघरमा ग्यास


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ ।

विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको हाे ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com