वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो
प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ।
उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आवमा ८२१ पुगेको थियो। विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको हुनसक्ने प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताइन्।
“यो वर्ष कसरी मृत्युको संख्या बढ्यो, अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा हुन्छ”, उनले भनिन्।





