सडकबाट पूर्व प्रधानन्याधीश सुशीला कार्कीले भनिन् : ७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ?


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

डा गोविन्द केसीका माग पुरा नभए देशमा आगो बल्ने पूर्व प्रधानन्याधीश सुशीला कार्कीले चेतावनी दिएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

डा केसीको माग कुनै राजनीतिक नभएकाले यसलाई जनताका माग रुपमा लिन उनको आग्रह थियो। ‘मान्छेले मलाई सरकारको मानो खाएर के बोलेको भन्लान्,’ उनले भनिन्,‘नबोली नहुने बाध्य भएर म बाहिर निस्किएको हुँ।’


राति सुत्नेबेलामा पनि चिन्ता लाग्छ । केसीजीलाई के भयो होला, बिहान उठ्ने बेलामा पनि सिरानमा राखेको मोबाइल झिक्यो । केसीजी के हुनुभयो भनेर । अनि घडीको सुईजस्तै मन त फिटीफिटी गर्छ ।

एउटा मानिस मृत्युशैय्याामा छ । मृत्युशैय्यामा भएको मान्छेलाई सरकारले अक्सिजन दिएर जोगाउनुपर्छ । बचाउनुपर्छ । त्यो सरकारको धर्म हो । आफुहरु सरकारको विरोधमा नभएको डा केसीको पक्षमा रहेको बताइन्। जनताको माग भएकाले त्यसलाई पुरा गर्न उनले सरकारलाई आग्रह गरिन्।

यहाँ म के भन्न चाहन्छु भने यो अहिले जुन सरकार आयो । यो सरकारका आसेपासेहरुको अस्ति भएको निर्वाचनमा उहाँको घोषणापत्रमा के थियो भने जनतालाई शिक्षा स्वास्थ्य सर्वसुलभ गराउने भन्ने थियो । त्यस्तो बाचा गरेर उहाँहरुले निर्वाचन जित्नुभएको हो । डा. केसीले अहिले त्यही माग राख्नुभएको छ ।

केसीले काम गरेको जनताका लागि हो । त्यो बुझेको छ, सरकारले । केसीले मरेर जाँदा केही लाँदैनन । उनी त अमरत्व प्राप्त गरिसकेका व्यक्तित्व हुन् । म यो सरकारसँग अनुरोध गर्न चाहन्छु – उहाँको माग पूरा गरौं । पूरा गर्नैपर्छ ।

७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? तर, केही भन्दिनँ । उहाँहरु पनि आफ्नै नेपाली हुन् गाली गर्दिनँ ।

अमेरिकामा विल गेट्सले जति कमाउँछ, जनतामा लगेर बाँड्छ । अस्ति एउटा खेलाडीले विश्वकप जितेको पुरस्कारको पैसा जनतालाई दियो । नेपालमा कमाउने व्यक्तिहरुले त्यसरी नै उदहारण बनेको मलाई देखाइदियोस् त सरकारले ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com