झडपमा परि गम्भीर घाइते भएका प्रहरी जवानलाई हेलिकप्टरबाट काठमाडौं लगियो


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कमल शर्मा उपाध्यायलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । घाइते कमललाई फिस्टेल एयरको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डाक्टर तपनकुमार दाहालले जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा क्षेत्रका विभिन्न मागसहित २० दिनदेखि अनसनरत रहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजाने प्रयास गरेपछि भएको दोहोरो झडपमा कमल गम्भीर घाइते हुनु भएको थियो ।

उहाँको दायाँ फोक्सो छेडिएको र मुटुको समस्या भएकाले भेन्टिलेटरमै काठमाडौं शिक्षण अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । दाँया फोक्सोभित्र कुनै वस्तु रहेको तर गोली, किला वा सिसामध्ये के हो भन्ने थाहा नभएको डाक्टरहरुले जनाएका छन् । सुरुमा अत्याधिक रक्तश्राव भए पनि बग्न भने प्रथामिक उपचार पछि कम भएको छ । यसैगरी घाइते प्रहरी जवान कमल शर्मा उपाध्यायको साथमा दुईजना चिकित्सकहरु पनि गएका अस्पतालले जनाएको छ । यसैगरी आज गोविन्द केसीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पुर्याइसकिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com