छोरीलाई हिरोइन बनाउन चाहन्नथिन् श्रीदेवी, मृत्युको ५ महिनापछि भोलि आउँदै पहिलो फिल्म


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवीको पहिलो फिल्म ‘धडक’ भोलि रिलिज हुँदैछ । रिलिजअघि फिल्मको प्रचारप्रसार भइरहेको छ । यही क्रममा जाह्नवीले धेरै कुरा शेयर गरेकी छिन् । जाह्नवीका अनुसार उनकी आमा श्रीदेवी सुरुमा उनलाई हिरोइन बनाउन चाहन्नथिन् । आफूले हिरोइन बन्छु भन्दा पनि आमा निकै अप्ठ्यारोमा परेको जाह्नवीले खुलासा गरेकी छिन् ।

जाह्नवीका अनुसार श्रीदेवी सधैं चाहन्थिन् कि जाह्नवी डाक्टर बनुन् । तर, आफूसँग डाक्टर बन्न सक्ने क्षमता नभएको जाह्नवीले बताइन् । जाह्नवीले भनिन् ‘म हिरोइन बन्छु भन्दा मम्मी निकै तनावमा हुनुहुन्थ्यो । पापाले भने उहाँलाइ मानसिक रुपमा तयार पार्नुभयो । पापाले बारम्बार सम्झाएपछि बल्ल उहाँले मेरो हुरा मान्नुभएको थियो ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com