दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौं ल्याईदै


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं ल्याईदै छ ।

पत्रकार महासंघका पूर्व महासचिवसमेत रहनुभएका मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा दुर्घटनामा परेको थियो ।
उहाँको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

बाग्लुङ्ग गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचार पछि विहीबार बिहान ३ बजे मणिपाल अस्पताल पोखरामा ल्याइएको थियो । उहाँलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । मगरसँगै घाइते भएका अन्यको स्वास्थ्य अवस्था अवस्था खतरामुतm रहेको जानकारी दिइएको छ ।

Image may contain: one or more people and people sitting

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com