श्रीमती हुँदा हुँदै आफ्नै दुइ छोरीहरु वलात्कार गर्ने राक्षस बाबु प्रहरी फन्दामा
प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार
गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विच मै दुई छोरीहरु आफ्नै बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी हिरासतमा लिईएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्युठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिएको जानकारी अनुसार जेल चलान भएका छोरी वलात्कारी वावु पक्राउ गर्न जाने क्रममा विष सेवन गरी मर्न चाहेको र निजलाई अस्पतातमा पुर्याई बचाई जेल चलान गरिएको हो ।निजले १४ वर्ष कै उमेर देखि अर्थात गत तिन वर्ष देखि निरन्तर छोरी वलात्कार गर्दै आएको खुलेको उनले जानकारी दिए । छोरी वलात्कार गर्ने दुवै वावुका श्रीमती भए पनि घर नभएको वेलामा उनिहरुले त्यस्तो कुकर्म गर्ने गरेको प्रहरीको भनाई छ ।





