स्वयम्भूमा मोटरसाइकल लाई ठक्कर दिदा एकको ज्यान गयो


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

स्वयम्भूमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले डिब्बाको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए ।

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन् । डिब्बाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com