बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–४, जिलुमा बुधबार बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ६ बजे बोलेरो दुर्घटनामा हुँदा बोलेरो चालक भीमेश्वर नगरपालिका–४, जिलुका ५५ वर्षीय चेतप्रसाद सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका सापकोटाको सदरमुकाम चरिकोटस्थित दोलखा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए ।

जिलुबाट सदरमुकाम चरिकोटतर्फ आउने क्रममा बा१६च २९५८ नम्बरको बोलेरो भीमेश्वर नगरपालिका–४, सापकोटाटोल जिलुमा ब्रेक फेल भएर सडकबाट करिव १५ मिटर तल पुगेको प्रहरीको भनाई छ । बोलेरो दुर्घटना हुँदा सापकोटासँगै बोलेरोमा सवार उनकी श्रीमतीसहित अन्य ६ जना सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com