आज साउने संक्रान्ति, लुतो फाल्ने दिन


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

आज साउन महिनाको १ गते । विक्रम सम्बतको पञ्चाङ्गअनुसार आजका दिनलाई साउने संक्रान्ति भनिन्छ ।

ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्धतर्फ लाग्दछन् ।

त्यसैल साउने संक्रान्तिबाट दिन छोटो र रात लामो हुँदै जान्छ । वैदिक कालमा भगवान विष्णु शयनमा हुनुहुने भएकाले श्रावणमासबाट शयनमा रहनु हुने भएकाले नयाँ वर्षको थालनीको महिना मानिथ्यो । साउन महिनामा नेपाली हिन्दू धर्मका अनुयायीहरुल स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्य गर्दछन् । वैदिक शास्त्रअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

पौराणिक ग्रन्थअनुसार समुद्र मन्थनको बेलामा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरेको र मानवहितका लागि काम गरेको र महिलाहरुले सौभाग्य पनि पाएको श्रुतिअनुसार साउनमहिनामाका सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन पनि छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउने संक्रान्तिमा पारुहाङ् अर्थात शिव पार्वतीका उपासक किराँतहरुले ’सिसेक्पा तङ्नाम मनाउने गर्छन् । किराँतीहरूले आफ्ना ईष्ट देव पारुहाङको सम्मानमा साउने संक्रन्तिको दिन नयाँ पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने गर्दछन् । त्यसैगरी पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानी ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्ने गर्दछन् । नेपालको पश्चिम कर्णालीको जुम्लातिर देउडा गीत गाएर र विशेष नाच साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।

आज असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।

विवाहीत महिलाहरू आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् । महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन् । आजदेखि हिन्दु धर्मका चाडपर्वको लहरसमेत सुरु हुने गर्दछ ।

यस महिनाबाट विशेष चाडपर्वहरु पनि सुरु हुन्छन् । महिनामा भगवान विष्णुको पूजा हुने हरिशयनी एकादशी, गुरुको उपासना वा आदर गरिने गुरुपूर्णिमा, महिलाहरुलाई सौभाग्य प्राप्त हुने कामिनी एकादशी, भगवान विष्णुका शय्याका नागको पूजा गरिने नागपञ्चमी जस्ता महत्व पूर्ण पर्व मनाउने गरिन्छ । काठमाडौ उपत्यकाका नेवारी समुदायले गथाँमुगःचःह्रे पर्व मनाउने गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com