कर्णालीमा आजदेखि ओपीडी सेवा बन्द


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेको छ ।

‘सरकारले डा. केसीका माग सम्बोधन गर्न बेवास्ता गरेको छ, विज्ञप्तिमा भनिएको छ, राजनीतिक पार्टीहरू माफियाको चंगुलमा फसेकाले डा. केसीको अनशनलाई राजनीतीकरण नगर्न अनुरोध छ ।’ चिकित्सक संघ सुर्खेतका अध्यक्ष नवराज केसीले प्रदेश राजधानी वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा पनि मंगलबारदेखि ओपीडी सेवा बन्द गर्ने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com