Follow @khasokhasmag

अवैध सुन तस्करी गर्ने पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत यादव र काभ्रेपलाञ्चोकका ३२ वर्षीय पाल्देन लामालाई आइतबार पक्राउ गरेको थियो । परिसरका प्रवक्ता मोहनकुमार थापाले अभियुक्त यादवसँग रु चार लाख ८७ हजार ९४५ बराबरको ९९.५ ग्राम सुन र लामासँग रु चार लाख ८८ हजार बराबरको १०० ग्राम सुन बरामद गरिएको जानकारी दिनुभयो । अभियुक्त दुवै जनालाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताउनुभयो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com