चार वर्षपछि सूचना राजमार्ग निर्माणमा तीव्रता


प्रकाशित मिति : कार्तिक २७, २०७३ शनिबार

निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो ।

दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो ।

तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएन । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो ।

कति सकियो काम ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । ‘दुई भागमा अप्टिकल फाइबर बिच्छ्याउने र ३० इ–सेन्टर स्थापना गर्ने काम सम्पन्न भइसकेको छ,’ दाहालले भने, ‘अबको दुई महिनाभित्र सम्पूर्ण काम सम्पन्न भइसक्नेछ ।’ सूचना राजमार्ग निर्माणको लागत ४० करोड रुपैयाँ अनुमान गरिएको छ । हालसम्म करिब ३६ करोड रुपैयाँ खर्च भइसकेको दाहालले बताए ।

निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो ।

दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० मै सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो ।

तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएन । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो ।

के हो सूचना राजमार्ग ?

दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गत निर्माण हुने यस राजमार्ग उच्च क्षमताको अप्टिकल फाइबरबाट दक्षिण एसियाली मुलुकलाई जोड्ने सञ्जाल हो । उच्च गतिको इन्टरनेट सेवा प्रवाह हुने यसबाट नेपाल, भारत, भुटान र बंगलादेश एउटै सूचना सञ्जालमा जोडिनेछन् । सूचना राजमार्गमार्फत यी मुलुकका शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानका सूचनाहरू एक–आपसमा आदानप्रदान गरिने नयाँ पत्रिकामा खबर छ ।

कस्तो बन्छ सूचना राजमार्ग ?

नेपालतर्फ काठमाडौं, धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, ढल्केबर हुँदै विराटनगर र वीरगन्जबाट भारतको सञ्जालमा जोडिने गरी एक सय ७० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइनेछ । राजमार्गभित्र ३० अत्याधुनिक इ–सेन्टर स्थापना हुनेछन् । निर्माणपछि समुदायलाई हस्तान्तरण गरिने यस्ता इ–सेन्टरमा इ–मेल, इन्टरनेट, फोन, फोटोकपी, फ्याक्सलगायत सूचना तथा प्रविधिसम्बन्धी विविध सुविधा हुनेछन् । सूचना राजमार्गमा बिच्छ्याइने अप्टिकल फाइबर ३६ कोरको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com