पाकिस्तानमा आत्मघाती बम आक्रमण, मृत्यु हुनेको संख्या १ सय २८ पुग्यो


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको मास्तुङ्ग जिल्लामा शुक्रबार भएको एक चुनावी र्यालीमा आत्मघाती बम आक्रमण भएको हो ।

घटनामा ज्यान गुमाउनेमा आउँदो चुनावका लागि मास्तुङ्गबाट उठेका उम्मेदवार पनि रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । घटनामा सोही संख्यमा मानिस घाइते भएका छन् ।

पछिल्लो चार वर्षमा पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण रहेको सरकारी अधिकारीले बताएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान अवामी पार्टीका नेता नवाबजादा सिराज रईसानीको पनि घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com