डा. गोविन्द केसी अर्धचेत अवस्थामा


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

जुम्ला । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी अर्धचेत अवस्थामा पुगेका छन्। डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएछन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्युन रहेको र मस्तिस्कमा रक्तसञ्चार निकै कम रहेको छ’, उपचारमा संलग्न डा। जीवन क्षेत्रीले भने, ‘सोही कारण डा। केसी बेला बेलामा अर्धचेत अवस्थामा पुग्ने गर्नुभएको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचाररत डा। केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि आइसियु नहुँदा ज्यान जोखीममा रहेको क्षेत्रीले बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com