भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम. वेंकैया नायड्ले मंगलवार उक्त जानकारी दिएका हुन् ।

संसद््को आगामी मनस्ून सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं स्ूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायड्ले जानकारी दिएका छन्् । आठौं स्ूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन्् । राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङ््कणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जानकारी दिए । नायड्ले मंगलवार औपचारिक रूपमा यी भाषाका अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा सामेल पनि गरे । २२ भाषामध्ये राज्यसभामा असम, बंगाली, गुजराती, हिन्दी, कन्नड, मलयालम, मराठी, उडिया, पञ्जाबी, तमिल, तेलगु र उर्द्ू ११ भाषामा यसअघि नै यो व्यवस्था मिलाइएको थियो । बोडो, मैथली, मणीपुरी, मराठी र नेपाली भाषाको निम्ति अनुवादकको व्यवस्था भइरहेको उनले जानकारी दिए । नायड्ूले भने, ‘कुनै अवरोधविना आफ्ना अनुभव र विचार व्यक्त गर्न स्वभाविक रूपमा मातृभाषामा उत्तम हुन्छ । मातृभाषामा आफ्ना विचार व्यक्त गर्न निकै सहज हुने भएकाले यसमा जोड दिइएको उनले स्पष्ट पारे । उनले भने, ‘उसैले मैले २२ वटै भाषामा अनुवादको सुविधा उपलब्ध गराउन चाहेको थिएँ । आगामी मनसुन अधिवेशनदेखि यो सम्भव भएको छ । म यसमा खुशी छु ।’

भारतको प्ूर्वोत्तर राज्यमा नेपाली भाषी लाखौं संख्यामा बसोवास गर्दै आएका छन्् । नेपाली भाषी डा. चिन्तामणि शर्माले यो निकै खुशीको विषय भएको बताए । शर्मा आसाम नेपाली साहित्य सभाका उपप्रमुख हुन्् । सिलिगुडीस्थित नेपाली कल्याण उच्च माविका नेपाली भाषाका अध्यापक शुकराज दियालीले भने, ‘यो निकै खुशीको कुरा हो । हाम्रा प्रतिनिधिले नेपाली भाषामा विचार व्यक्त गर्न पाउँदा खुशी लागेको छ ।’ उनले शुरुमा रत्नलाल ब्राह्मणले संसद्मा नेपाली भाषामा बोलेको पनि स्मरण गरे । गत वर्ष भानुजयन्तीका अवसरमा प्ूर्वराष्ट्रपति प्रणव मुखर्जीले दार्जीलिङको चौरस्तास्थित भानु शालिकमा पुगेर सम्मान व्यक्त गरेका थिए । यसैगरी प्ूर्वी क्षेत्रमा करोडौं मैथली भाषीको बसोवास छ । प्राध्यापक मदनमोहन झाले यो निर्णय उत्तम भएको बताए । दिल्लीस्थित राष्ट्रिय संस्कृत संस्थानका प्राध्यापक परमानन्द झाले भने, ‘यो मैथिलका निम्ति गौरवको विषय हो ।’ विहारको मधुवनीका स्थायी बासिन्दा परमानन्द दिल्लीस्थित सर्वोदय सहशिक्षालयका उपप्राचार्य हुन्् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com