सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगीगर्ने सिमान्त पक्राउ


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको अभियोगमा सिमान्त गुरुङ पक्राउ परेका छन् ।

सलमानलाई नेपाल ल्यउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सिमान्त गुरुङ पक्राउ परेका छन् ।

उनले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने बताउँदै आएका थिए । गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको हो ।

विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण हुन सकेको थिएन ।

तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर पैसा उठाइरहेका थिए ।

गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजार सम्मको टिकट विक्री गरेका थिए ।

केही समयअघि अभियुक्त गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट बिक्री भएको बताए पनि ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौं उठाएको पाईएको प्रहरीले जनाएको थियो ।

खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनि आउने भनिएको पहिलो मितिको भ्रमण स्थिगित भएको थियो । तर, गुरुङले गत मे २६ मा सलमान आउने पक्का भएको भन्दै टिकट बिक्री गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com