गोरखापत्रका महाप्रवन्धक उपाध्यायसहित ५ लाई काममा फर्कन आदेश


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको विरोधमा सर्वोच्च अदालत गएकाहरुलाई अदालतले पुन काममा फर्काउन आदेश जारी गरेको छ । सर्वोच्चको आदेशपछि गोरखापत्रका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायसहित तीन जना आइतबारबाट काममा फर्कने भएका छन् ।

विधि र प्रक्रिया पुरा गरेर नियुक्त भएकाहरुलाई समेत सरकारले होलसेलमा निर्णय गरेर समयवाधि छँदै हटाइएपछि न्याय माग्दै उनीहरु सर्वोच्च पुगेका थिए । शुक्रबार अदालतले उपाध्यायायसहित ३ जनालाई काममा फर्काउन सरकारका नाममा आदेश गरेको हो । न्यायधीश बमकुमार श्रेष्ठको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि साउन १५ गते अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

सर्वोच्चको आदेशपछि सरकारी स्वामित्वको गोरखापत्रका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झा र सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेल तत्काललाई पुनर्वहाली भएका छन् ।

सर्वोच्चको आदेशपछि महाप्रबन्धक उपाध्ययाले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको सरकार बनेपछि नेपालको न्यायप्रणाली प्रभावित हुन्छ भन्ने आम बुझाई गलत सावित भएको प्रतिकृया दिए । उनले यो निर्णयलाई हारजितका रुपमा भन्दा पनि अन्यायमा परेकालाई अदालतले न्याय दिन्छ भन्ने प्रमाणित गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट हटाइएका दिगम्बर झा र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव बिष्णु मिश्रलाई पनि अदालतले काममा फर्काउन आदेश गरिसकेको छ । गत असार २० गतेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछिका देउवा सरकारका पालामा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com