Follow @khasokhasmag

पुटिनलाई म चिन्दिन, तर दुई पटक भने भेट्न पाएको छु : ट्रम्प


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिस्पर्धी’ हुनुहुन्छ ‘शत्रु’ होइन भन्नु भएको छ । नाटो शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो ।

कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको शत्रु हुन् रु” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो शत्रु होइनन् ।” “त्यसो भए के पुटिन तपाइको साथी हुन् त रु” यसमा पनि उहाँले भन्नुभयो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com