अटो चालकले गरे १६ तोला सुन र नगद सहितको झोला फिर्ता


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

बाँकेको नेपालगन्जमा एक अटो चालकले अटोमा यात्रुले छोडेर गएको १६ तोला सुन र केही नगद रुपैयासहितको ब्याग फिर्ता गरेका छन् ।

नेपालगन्जका अटो चालक इकबाल राईले आफ्नो अटोमा बसेका यात्रुले बिर्सेर गएको १६ तोला सुन र केही नगद राखेको ब्याग बिहीबार साझ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेका हुन ।

बाँकेका खजुरा गाउँपालिका वडा नम्बर ३ का गंगा खड्का दम्पतीले सो ब्याग बिहीबार साझ अटो रिक्सामा नै छोडेका थिए । भारतमा आफन्तको विहेमा सहभागी भएर फर्किएका खड्का दम्पति रुपैंडियाबाट धम्वोजीसम्म अटो रिक्सामा आएका थिए ।

रिक्साबाट ओर्लिने क्रममा ब्याग विर्सियो खड्काले भने– एकछिनपछि फर्किएर हेर्दा रिक्सा देखिन, खोज्दा खोज्दा तनाव भयो, प्रहरीलाई खवर गरे पत्तो लागेन् ।

तर २ घण्टापछि ति अटो चालक खड्का ओर्लिएकै ठाउँ धम्वोजीमा रहेको प्रहरी बिटमा आएर प्रहरीसँगको समन्वयमा सुन र नगदसहितको ब्याग सम्वन्धीत व्यक्तिलाई बुझाए ।

खड्काले खुसी हुँदै भनेः यो जमानामा पनि देउता जस्तो व्यक्ति हुंदो रहेछ । उनले अटो चालक राईलाई धन्यवाद दिदै २ हजार रुपैंया पुरस्कार समेत दिएका थिए ।

अटो चालक राईले समेत नेपालगन्जका विभिन्न ठाउँमा सम्बन्धित यात्रुलाई खोज्दा समेत नभेटेपछि धम्बोझी चोकमा रहेका प्रहरीलाई बुझाउन आउदा सम्बन्धित व्यक्ति नै फेला परेकोमा खुसी व्यक्त गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com