मस्तिष्कमा रक्तसञ्चार कम भएपछि डा. गोविन्द केसी अर्धचेत


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी अर्धचेत अवस्थामा पुगेका छन्। डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएछन्।

‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्युन रहेको र मस्तिस्कमा रक्तसञ्चार निकै कम रहेको छ’, उपचारमा संलग्न डा. जीवन क्षेत्रीले भने, ‘सोही कारण डा. केसी बेला बेलामा अर्धचेत अवस्थामा पुग्ने गर्नुभएको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचाररत डा. केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि आइसियु नहुँदा ज्यान जोखीममा रहेको क्षेत्रीले बताए।

डा. केसी बोल्न सक्ने अवस्थामा नरहेकाले उनको जीवन रक्षाका लागि सरकारलाई गम्भिर बन्न उपचारमा संलग्न डाक्टरहरुले अग्रह गरेका छन्। डा. केसीबाट वार्ता टोली तयार रहेपनि सरकारबाट कुनै पहल नहुनु दुखद् रहेको उनीहरुले बताए।

डा. केसीको समर्थनमा आज त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु केसीको जीवनरक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलित भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com