सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु, ८ जना गम्भिर


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् ।

किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो (जीप) ४ सय मिटर तल खस्दा ५ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

घाईते हुनेहरुमा रामबहादुर लामा (चालक), अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन ।

दुर्घटनामा सबै घाइतेहरुको अवस्था गम्भिर रहेका छन् भने उनीहरुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएका छन् ।

सिन्धुपाल्चोक, थाङकपाल गाउँपालिका ४ सल्लेस्थित मेलम्ची मानेखर्क कच्ची सकडमा किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो (जीप) सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com