पाकिस्तानमा तालिबानले बम उडाएकोशान्तिका प्रतिक गौतम बुद्धको प्रतिमालाई पुरानै स्वरुपमा


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

पाकिस्तानको स्वात उपत्यकामा तालिबानद्वारा गराइएको विस्फोटमा परि आंशिक क्षति भएको भगवान बुद्धको प्रतिमालाई पुरानै स्वरुपमा फकाइएको छ ।

स्थानीय नागरिक मिलेर आतंकवादी संगठन तेहरिक–ए–तालिबानले क्षति पुर्याएको बुद्धको प्रतिमालाई पुनः स्थापित गरेका हुन् ।

सन् २००७ मा २२ सय वर्ष पुरानो बुद्धको प्रतिमा बमले उडाउने प्रयास गरिएको थियो । विस्फोटबाट प्रतिमाको शीरमा क्षति पुगेको थियो । यसलाई सन् २०१२ देखि फेरि बनाउन सुरु गरिएको हो । प्रतिमाको पुनर्निमाणका लागि इटाली सरकाले २५ लाख युरो सहयोग गरेको थियो । प्रतिमालाई पुरानै स्वरुपमा फर्काउन स्थानीयले पनि सक्दो सहयोग गरे ।

चट्टानमा कुँदेर बनाइएको प्रतिमा पुरानै स्वरुपमा फर्किएपछि बौद्ध धर्मका विशेषज्ञ परवेश शाहीन भन्छन्, ‘जब यो विस्फोट गराइएको थियो मलाई कसैले मेरो बुवाकै हत्या गरेझैँ महसुस भएको थियो । यो प्रतिमा शान्ति, प्रेम र भाइचाराको निशानी हो । हामी कुनै पनि धर्मको अपमान र घृणा गर्दैनौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिबानले प्रतिमालाई पूर्ण रुपमा नष्ट गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनीहरुले प्रतिमामाथि चढेरै डायनामाइट विस्फोट गराएका थिए । तर प्रतिमामा आशिंक क्षति मात्रै भएको थियो ।

चरम हिंसात्मक वातावरणबाट गुज्रिरहेको पाकिस्तानमा शान्तिका प्रतिक गौतम बुद्धबाट प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com