यी हुन् महान नेपाली महिला जसले बनाइन् क्यान्सर निको पार्ने घरेलु औषधी ! (भिडियो सहित हेर्नू होस )


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

एलोपेथिक औषधिको प्रयोगदर बढेपनि मान्छेहरुमा आयुर्वेदिक औषधि र उपचार विधिप्रतिको विश्वासमा अझै कमी देखिएको छैन् । शहर होस या गाँउ अहिले पनि अधिकांश मान्छेहरु सानातिना स्वास्थ्य समस्यामा सकेसम्म आयुर्वेदिक उपचारबाट निको पार्ने प्रयासमा हुन्छन्। जस्तो रुघा लाग्दा बेसार पानी खाने, स्वर सुक्दा बोजो खाने इत्यादि।

जतिवेला एलोपेथिक औषधिको उत्पादन तथा प्रयोग भएको थिएन वा त्यस्ता औषधि नेपालमा आइसकेको थिएन त्यतिवेला सबैको उपचार आयुर्वेदिक पद्धतिबाट हुने गर्दथ्यो। अहिले विभिन्न खालको एलोपेथिक औषधिको उत्पादन भएता पनि मानिसहरु आयुर्वेदिक औषधिमा पनि त्यत्तिकै विश्वास गर्ने गर्छन्।आयुर्वेदिक औषधि बेचबिखन उत्पादनमा अहिले धेरै लागिपरेका छन्। त्यस्तै माया देवी मोक्तान पनि यहि पेसा अंगालेर जिविको पार्जन गरिरहेकी छिन्।

लेले ललितपुरमा जन्मे हुर्केकी माया देवी मोक्तान हाल पाटनमा बस्छिन्। उनी मंजु श्री सेवा केन्द्र संचालन गरेर बसेकी छिन्। उक्त केन्द्रमा जडिबुटीको औषधिको उत्पादन र किनमेल हुन्छ।उनको भनाई अनुसार उनले आफ्नो पिताबाट प्रेरित भएर आयुर्वेदिक औषधी बनाउन शुरु गरेकी थिइन्। उनलाई यस्तो औषधि बनाउन आफ्नो पिताबाट नै सिकेकी हुन्। पिताको मृत्यु पछि उनले लाल बाबु योञ्जन मार्फत औषधि बनाउन सिकिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com