युट्युब ट्रेनडिंगमा पशुपति शर्माको तीज गीत ‘लौरी हरायो’ (भिडियो)
प्रकाशित मिति : असार २८, २०७५ बिहीबार
पशुपति शर्मा लोकगीत क्षेत्रमा पछिल्लो समयका सबैभन्दा लोकप्रिय गायक मानिन्छन् । नेपाली हिन्दु नारीहरुको पर्व हरितालिका तीजमा पशुपति शर्माका गीत अग्रपंक्तिमा आउँछन् ।
यो वर्ष अर्थात २०७५ को तीजको लागि पशुपति शर्माको लय शब्दमा रहेको ‘लौरी हरायो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तीज आउन अझै धेरै दिन बाँकी रहेतापनि ‘लौरी हरायो’ म्युजिक भीडीयोले दर्शक श्रोताको माया बटुलीसकेको छ । सार्वजनिक भएको केही दिनमा नै उक्त म्युजिक भीडीयो युट्युब ट्रेनडिंगमा आएको छ ।
‘लौरी हरायो’ म्युजिक भिडियोमा पशुपती शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको स्वर रहेको छ । गायक-गायिकाहरुले म्युजिक भिडियोमा अभिनय समेत गरेका छन्, जसलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने विजय बुढा मगरले कोरियोग्राफी गरेका हुन् । म्युजिक भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।





