नवलपरासीमा फेरी बस दुर्घटना !! २० जना घाइते, १ जनाको मृत्यु


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

नारायणघाटबाट नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको भूमहीमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । नारायणघाटबाट नेपालगञ्जका लागि छुटेको ना ६ ख ९४३८ नम्बरको बस सुनवल नगरपालिका वडा नं १२ भुमहीमा बिहीबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका वडा न १ अर्चेङ बस्ने अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेका छन् ।

उनको बस मुनि च्यापिएर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । उनकी अन्दाजी ६ बर्षिया छोरी सुप्रिया लम्साल पनि गम्भिर घाइते भएकी छिन् । अन्य घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र गम्भिर घाइतेहरुलाई भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com