‘कसैले चलखेल नगरे हुन्छ, सिन्डिकेट कुनै हालतमा फर्किंदैन’ -गृहमन्त्री थापा


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै हालतमा यातायात क्षेत्रकाे सिन्डिकेट नफर्किने बताएका छन् । सिन्डिकेट अन्त्यकाे सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने बेला फेरि पूरानै व्यवस्था कायम राख्न लागेकाे भन्दै अाराेप लागिरहेका बेला गृहमन्त्री थापाले साे कुरा बताएका हुन् ।

सिन्डिकेट पक्षधर व्यवसायीप्रति सरकार लचिलो बन्दै गएकाे भन्दै अालाेचना बढेकाे थियाे । विशेषगरी भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले सिन्डिकेट पक्षधरलार्इ साथ दिइरहेकाे अाराेप लाग्ने गरेकाे छ । उनैप्रति लक्षित गर्दै नयाँ बसपार्कमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्योल, चुनौती र समाधान’ विषयक कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘कसैले चलखेल नगरे हुन्छ, कुनै हालतमा पनि सिन्डिकेट फर्किनेवाला छैन ।’

युनाइटेड नेपाल ट्रान्सपोर्ट भलार्इ एण्ड इन्भेष्टमेन्ट प्रालिकाे अायाेजनामा भएकाे साे कार्यक्रममा मन्त्री थापाले सिन्डिकेट र कार्टेलिङबाट समृद्धि नआउने स्पष्ट पारे । उनले यसलार्इ पूर्ण रुपमा हटाइसकेको दाबी समेत गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com