बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो ।

अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ ।

गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विवभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com