फेरि ट्रिपरले नै कलङ्कीमा मान्छे मार्यो, अाखिर कहिले बन्द हुन्छ ट्रिपर अातङ्क?


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

ट्रिपरको ठक्करका कारण आज फेरि काठमाडौंको कलंकीमा एक महिलाको मृत्यु भएकाे छ । सडक बनाउने क्रममा भएकाे जामबाट अगाडि बढिरहेकाे ट्रिपरले एकाएक हुत्तिएर गएपछि बाइकलार्इ हानेपछि बाइकमा सवार एक जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ । हरेक दिन जसो दुर्घटनामा परि मृत्यु भैरहने यो ट्रिपरका कारण धेरै जनाकाे अकालमा ज्यान गएकाे छ ।

अाखिर कहिले बन्द हुन्छ यो ट्रिपर आतंक ???

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

घोरेटार बजारबाट सामान बोकेर भोजपुर सदरमुकाम आउँदै गरेको को १ त ८६३१ नम्बरको ट्याक्टर रानीबास लुङ्गेनमा दुर्घटना हुँदा चालक हतुवागढी गाउँपालिका ५ का २७ वर्षीय कृपा राईको घटनास्थलमै मृृत्यु भएको हो ।

बे्रक फेल भएर ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको इन्सपेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर नियन्त्रण गुमाएर लडेको थियो ।

बुधबार बिहान पौने १० बजेतिर ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार अन्य तीनजना भने सामान्य घाइते छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com