पूननिर्माण प्रधिकरणका सब इन्जिनियर ५ लाख घुससहित पक्राउ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

राष्ट्रिय पूननिर्माण प्राधिकरणका सब इन्जिनियर ५ लाख रुपैयाँ घुस सहित बबरमहलबाट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधिकरणको नुवाकोट कार्यालयमा कार्यरत सब इन्जिनियर लोकेन्द्र थापालाई घुस रकम सहित मंगलबार राती पक्राउ गरेको हो।

प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाई नुवाकोटमा कार्यरत थापाले भुकम्पमा भत्किएको एउटा प्राबि बिद्यालयको निर्माण पुरा भएको पत्र दिन सेवाग्राहीसँग घुस रकम मागेका थिए।आयोगका अनुसार नुवाकोटमा रहेका महेन्द्र प्राथमिक बिद्यालयको भवनको निर्माण सम्पन्न पत्र दिन थापाले रकम मागेका हुन्।

प्राधिकरणले ६७ लाख लागतमा निर्माण गरेको बिद्यालयको भवनको ४४ लाखको बिल पास भएको र बाँकी रहेको २२ लाख बराबरको निर्माण सम्पन्न पत्र उपलब्ध गराउन थापाले १० लाख रुपैयाँ घुस रकम मागेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com