वाइडबडी जहाजको पहिलो उडान साउन १६ गते दोहामा


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले ल्याएको वाइडबडी (३३०-२२०) सिरिज जहाजको पहिलो व्यावसायिक उडान संयुक्त कतारको दोहामा हुने भएको छ । पाँच लाख भन्दा धेरै नेपाल रोजगारीमा रहेको कतारको राजधानी दोहामा यही साउन १६ गते नेपाल वायु सेवाको वाइडबडीले पहिलो उडान भर्ने भएको हो ।

नेपालको हवाई इतिहासमा पहिलोपटक दुई सय ८० सिट क्षमताको जहाजले दोहाबाट उडान सुरु गर्न लागेको हो। नेवानिले अहिले दुई वटा एयरबस र एउटा बोइङ ७५७ मार्फत अन्तर्राष्ट्रियतर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ।

दुईवटा वाइडबडी जहाजमध्ये पहिलो जहाज यही १४ असारमा काठमाडौँ आइसकेको छ । जहाज आएको एक महिनापछि नेवानिले व्यावसायिक उडान गर्ने भएको हो । महिना दिनभित्रै व्यावसायिक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयसँग उडान तालिका स्वीकृतिका लागि यसअघि नै सहमति माग गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com