चितवनबाट गरियो चीन लैजाने गै‌ंडाको विदाइ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

चीनलाई उपहारस्वरुप दिन लागिएको एकसिंगे गैंडाको जोडीलाई आज चितवनबाट काठमाडौं पठाउने तयारी भएको छ । यही असार २८ गते गैंडालाई चीन पठाउने कार्यक्रम छ ।

ती गैंडालाई काठमाडौं लगेर सदर चिडियाखाना जाउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले जानकारी दिए । गैंडाको विदाईका लागि सौराहामा एक कार्यक्रमको आयोजना गरिएको छ ।

एक बिषेश प्रकारको खोरमा राखेर लैजाने प्रमुख संरक्षण अधिकृत ढकालले बताए । गैंडासँगैं २ जना चिकित्सक, ३ जना अन्य प्राविधिकसहित १४ जनाको टोली जाँदैछ । नेपाल भित्र नै गैंडा वा अन्य जनावर स्थानान्तरण गरेको जस्तैं गरी काठमाडौं लैजाने उनले बताए । निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैंडा पठाउन लागिएको हो ।

चीनले आगामी असार २८ बिहीबार गैंडा बोइङमा राखेर ४ बजे नेपालबाट लैजाने कार्यक्रम छ । चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् । चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई चीन पठाउन लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैंडालाई ल्याएर एक विशेष प्रकारको काठको खोर -पिट बुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाउने काम गरिएको थियो ।

एकै बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकोले अर्को एक जोडी गैडालाई अर्को बर्षमात्रै पठाइने छ । चीन पठाउने थप दुई गैंडालाई पनि बुमामा राखिएको छ । उनीहरुलाई चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म २६ गैंडा उपहारस्वरुप पठाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com